वि.सं:
नेपाल संवत: ११४६ थिंलागा द्वितीया - १७
सम्पन्न भयो रौतहटको पालिका हुलाक कार्यालय उद्घाटन
नेपाल सरकारले लागु गरेको "एक पालिका एक हुलाक" को मान्यता बमोजिम रौतहट जिल्लामा मिति २०८१/०७/३० गतेका दिन वृन्दावन नगरपालिका तथा बौधीमाइ नगरपालिकामा पालिकामा हुलाक कार्यालय स्थापना सँगै थप ७ वटा पालिका हुलाक कार्यालय संचालनमा आएको छ । रौतहट जिल्लामा रहेको १८ वटै स्थानिय तहमा हुलाक कार्यालय संचालनमा आइसकेकाे छ । स्थानीय सेवाग्राही तथा विभिन्न कार्यालयहरुले अबका दिनमा आफ्नै पालिका नजिकको हुलाक कार्यालयबाट सेवा लिन सक्ने व्यहोरा जानकारी गर्दछौ ।