परिचय

सूचना आदान प्रदान गर्ने प्रयोजनलाइ व्यवस्थित तथा विश्वव्यापी बनाउन सन् १८७४ मा विश्व हुलाक संघको स्थापना भएको हो। हाल यस अन्तर्गत जम्मा १९२ सदस्य देश रहेकोमा ती मध्ये नेपालले विश्व हुलाक संघबाट सन् १९५६ मा सदस्यता प्राप्तगरी विश्वव्यापी रुपमा चिठीपत्र मार्फत सूचना आदान प्रदान गर्ने मञ्चमा प्रवेश गरेको देखिन्छ ।

नेपालमा चिठीपत्र मार्फत खबर, सूचना र समाचार आदान-प्रदान गर्ने उद्देश्यले तत्कालीन राणा प्रधानमन्त्री रणोदिप सिंहको पालामा विक्रम सम्बत् १९३५ मा नेपाल हुलाक घरको स्थापना भई हुलाक सेवाको प्रारम्भ भएको पाइन्छ । नेपालमा हुलाक सेवालाई थप व्यवस्थित, प्रभावकारी र जनमूखी बनाउन हुलाक ऐन, २०१९, हुलाक नियमावली, २०२० तथा हुलाक सेवा कार्यविधि निर्देशिका लगायतका कानूनी व्यवस्था गरिएको छ ।हाल अन्तराष्ट्रिय डाँक गन्तब्यको रुपमा विश्वका विभिन्न ३८ देशहरुमा सेवा विस्तार भएको अवस्था छ ।

जिल्ला हुलाक कार्यलाय रौतहट हुलाक सेवा विभाग अन्तर्गतको कार्य संचालन स्तरको जिल्ला स्थित कार्यालय हो ।यस अन्तर्गत १६ वटा ईलाका हुलाक कार्यालय, ६९ वटा अतिरिक्त हुलाक कार्यालय रहेका छन। जिल्ला हुलाक कार्यालय साथै अन्य ३ वटा पालिका हुलाक कार्यालयहरु आफ्नै भवनमा सञ्चालित छ भने ७ वटा पालिका हुलाक कार्यालय भाडाको घरमा एव ५ वटा पालिका हुलाक कार्यालयहरु नगरपालिकाको भवनमा सञ्चालित छ।